

अछाम । अछामको मंगलसैन नगरपालिका–८ वलिगाउँका दुई जना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

मंगलसैन नगरपालिका–८ वलिगाउँ सुतुडाका अन्दाजी ३०/३५ वर्षका देउरुपा बोहरा र विनिता बोहराको मृत्यु भएको स्थानीय पुष्पबहादुर बोहराले जानकारी दिए । उनका अनुसार उनीहरु नातामा देउरानी–जेठानी पर्ने हुन् ।
आज दिउँसो घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनीहरूको मृत्यु भएको बताईएको छ ।
प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार











