२०८३ असोज २३ , शुक्रबार
Sky News Nepal
October 9, 2026

जिप दुर्घटनामा १७ जना घाइते



सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार बिहान जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियाना स्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा सल्यान शारदा नगरपालिका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ५ की २१ वर्षीय भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी रहेको उनले बताए । घाइते सबैको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको खत्रीको भनाई छ । ब्रेक फेल भई जिप सडकमा पल्टिएको छ ।

 

प्रकाशित मिति : २०८१ चैत ११ गते सोमबार
Translate »