२०८३ असोज २३ , शुक्रबार
Sky News Nepal
October 9, 2026

किशोरीको शव गाडिएको अवस्थामा फेला, श्रीमान पक्राउ



इलाम । इलाम फाकफोकथुम गाउँपालिका–३, सल्लेरीकी १९ वर्षीय गर्भवती विमला कट्टेलको शव १५ दिनपछि गाडिएको अवस्थामा फेला परेको छ।

प्रहरीका अनुसार शव फाकफोकथुम–२, धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा फेला परेको हो। शव उत्खनन र कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

देउमाई नगरपालिका जितपुर माइती भएकी विमला चैत्र १ गतेदेखि बेपत्ता थिइन् । उनका ससुरा कृष्णलाल गिरीले बुहारी हराएको उजुरी दिएका थिए। अनुसन्धानका क्रममा श्रीमान् उमेश गिरीले हत्या गरी गाडेको स्वीकार गरेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायक उपरिक्षक मान बहादुर राईले जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार
Translate »