रुकुम सल्लेबाट सातामा दुई दिन उडान हुने


रुकुम । नेपाल वायुसेवा निगमले अब रुकुम सल्लेमा सातामा दुई दिन उडान गर्ने भएको छ । यसअघि हप्तामा काठमाडौं र नेपालगञ्जबाट एक/एक उडान गर्दै आएकोमा अब दुई उडान हुनेछन् ।

आगामी बिहीबारबाट थप उडान हुने नेपाल वायुसेवा निगम सल्लेका प्रमुख प्रेम ओलीले बताए । उनका अनुसार अब आइतबार र बिहीबार–काठमाडौं–रुकुम–नेपालगन्ज तथा मङ्गलवार र शुक्रबार–नेपालगन्ज–रुकुम–काठमाडौं उडान हुनेछन । यसअघि एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुँदै आएको थियो । यात्रुहरुको चापको आधारमा रुकुम पश्चिम सल्लेमा निगमले उडान थप गरेको हो ।
रुकुमबाट नेपालगञ्जको लागि ४ हजार ५ सय ३७ र काठमाण्डौंको लागि १० हजार ८० भाडादार रहेको छ । निगमको केन्द्रिय, क्षेत्रीय र जिल्ला स्थित कार्यालयहरुसँगै अनलाइनबाट समेत टिकट लिने व्यवस्था यसअघि नै मिलाई सकिएको नेपाल वायुसेवा निगम रुकुम शाखाले बताएको छ ।

