२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

लोडसेडिङ होइन : बरु भारतलाई बिजुली बेच्दैछ प्राधिकरण

जुन १५ देखि बंगलादेशलाई पनि बेचिने


काठमाडौं । लोडसेडिङ हुने आधारहीन हल्ला चलिरहेकै बेला नेपाल विद्युत प्राधिकरणले वर्षातमा बढि उत्पादन भइ नेपाल भित्र खपत हुन नसक्ने बिजुली भारत तर्फ निर्यात गर्न थालेको छ ।

शनिबार राति १२ बजेदेखि सुरु गरिएको निर्यात अन्तर्गत शनिबार २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाटर आवर सम्मको बिजुली भारत पठाइएको प्राधिकरणले जनाएको छ । नेपाल विद्दुत प्राधिकरणका अनुसार राति र बिहानको समयमा आन्तरिक खपत कम हुने भएकाले सो समयमा भारतमा निर्यात गर्न थालिएको हो ।

पछिल्ला दिनमा वर्षाका कारण जलस्रोतमा बहाव बढ्दा त्रिशूली, कालीगण्डकी, मादीजस्ता नदीहरूमा सञ्चालित आयोजनाहरूको उत्पादन फेरि बढेको छ । प्राधिकरणको भार सम्प्रेषण केन्द्रकि निर्देशक रन्जु पाण्डेका अनुसार शनिबारदेखि हिजो राती १२ बजे सम्ममा नेपालले ४ हजार ३ सय ३३ मेगावाट/आवर विजुली भारतलाई बेचेको छ ।

सो विजुली ढल्केवर मुज्ज्फरपुर ४०० केभि प्रसारण लाइन मार्फत भारत पठाइएको हो । गत वर्ष भन्दा १० दिन अघि बाटै निर्यात नेपालमा हिउँदको तुलनामा वर्षायाममा बढि बिजुली उत्पादन हुने गरेको छ । खास गरि जेठ महिनाको मध्य देखि उत्पादन क्रमशः बढ्न थाल्छ । गत वर्ष जेठ १३ गतेबाट निर्यात सुरु गरिएकोमा यस वर्ष भने जेठ ३ गते बाटै निर्यात सुरु गरिएको छ ।

गत वर्ष साउनमा एकै दिन १८०० देखि २१०००मेगावाट/आवर विजुली पठाएकोमा य वर्ष छिटै पानी पर्न थालेकोले त्यो भन्दा बढी निर्यात गर्न सकिनेमा प्राधिकरणका अधिकारीहरु ढुक्क देखिन्छन् । प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारका अनुसार वर्षायाम मा नेपालको कुल विद्दुत उत्पादन ३५ सय १२ मेगावाटसम्म पुग्ने गरेको छ । तेति नै बेला देश भित्रको विद्दुत माग भने २हजार मात्रै छ ।

‘यो वर्षामा हामिले सकेसम्म बढी बिजुली बेच्ने हो, नत्र खपत हुन नसकेको बिजुली खेरै जान्छ,’ प्रवक्ता शिल्पकारले भने । नेपाल र भारतबीच पावर एक्चेन्ज नेपाल र भारत वीच पावर एक्शचेन्ज, रियल टाइम र मार्केट रेटसमेत गरि तीन थरी दरका आधारमा विजुली खरिद बिक्रि हुने गरेको छ । कुन दरमा किनबेच गर्ने भन्ने कुरा भने तत्कालको माग र उत्पादनको स्थितिमा भर पर्ने प्रवक्ता शिल्पकार बताउँछन् ।

एक समयमा नेपालले निर्यात गरिरहदा अर्को समयमा भारत बाटै आयात गर्नु पर्ने अवस्थामा छ । अहिले पनि साँझको समयमा आन्तरिक खपत उच्च हुने भएकाले दिउँसो र साँझ आयात रोकिएको छैन । यसबीच, नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा पनि बिजुली निर्यातको तयारी थालेको छ। गत वर्ष असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार आगामी जुन १५ देखि नेपालले बंगलादेशलाई दैनिक ४० मेगावाट विद्युत् बेच्ने तयारी गरिरहेको छ।

लोडसेडिङको हल्ला निराधार : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन् । मन्त्री खड्काले अहिले नेपालको विद्युत उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरु भएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको जनाए ।

मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत भारतबाट आयात गरिएको तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरुलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए । मङ्गलवार मध्य रातीदेखि भारतमा ७सय ३१ मेगावाट विद्युत् बिक्री सुरु गरिसकिएको प्राधिकरणले पुष्टि गरेको छ ।

मन्त्री खड्काका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो ।

 

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार
Translate »