पेट्रोल, डिजेलको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमध्ये केहीको मूल्य बढाएको छ ।
निगमले आइतवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल रमट्टीतेलको मूल्य बढेको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत् छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।
त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।

