कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी परिरहेको छ

काठमाडौं । देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डोटी, अछाम, कालीकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, दाङ, सल्यान लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ  ।

यो पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेकले केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने देखिएको विभागले जनाएको छ ।

यसअघि सोमबार बिहान डडेलधुरा, डोटी, अछाम, कैलाली, बार्दिया र बाँकेमा पानी परेको थियो। आज देशभरका विभिन्न शहरमा पानी पर्ने विभागले उल्लेख गरेको छ ।

Translate »