डोल्पाको जगदुल्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाईते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जगदुल्ला गाउँपालिका–४, मा पर्ने मौरेलेखमा भएको जिप दुर्घटनामा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८, का ३८ वर्षिय बिष्णु बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार अन्य १३ जना घाईते भएका छन् । ती मध्य ४ जना गम्भीर घाईतेलाई उपचारका लागि लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डीएसपी) अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे समयमा क.प्र.००१ ज ००५२ बलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेर छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।

Translate »