

सुर्खेत । भेरीगंगा नगरपालिकाले वडा नंं ९ जहरेमा नगर अस्पताल निर्माण गर्ने भएको छ ।
नगरपालिकाको आज संचालन भएको १५ औँ नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले उक्त स्थानमा १५ शैयाको नगर अस्पताल निर्माण गर्न लागिएको जानकारी दिएका छन् ।


उनले नगर अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहयोगमा निर्माण गर्ने जानकारी दिए ।
अस्पताल निर्माण भएमा भेरीगंगा नगरपालिकाका नागरिकसँगै गुर्भाकोट र लेकबेशी नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ । आम नागरिको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्न नगरस्पताल निर्माण गर्न लागिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतबार











