नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ गुर्भाकोटको अध्यक्षमा मिनाकुमारी विक

मेहलकुना । नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ गुर्भाकोटको अध्यक्षमा मिनाकुमार विक निर्वाचित भएकी छिन् । बुधबार सम्पन्न नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ गुर्भाकोटको तेस्रो नगरअधिवेशनले विकलाई नगर महासंघ अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेम देवकोटा, उपाध्यक्ष सम्झना मल्ल, महासचिव नरेश खड्का, कोषाध्यक्ष उमा सुनार, तथा सदस्यहरुमा लक्ष्मीकुमारी ठकुरी, राधिका घर्ती र रामबहादुर सुनारलाई निर्वाचित गरेको छ ।

अधिवेशनले नगर महिला उद्यमी समिति गुर्भाकोट नगर महासंघ समेत निर्वाचित गरेको छ । नगर महिला उद्यमी समितिको अध्यक्षमा बुद्धिकुमारी खत्री, उपाध्यक्ष श्रृष्टि खड्का, महासचिव राधा विक, कोषाध्यक्ष नरेन्द्रकला आले तथा सदस्यहरुमा पञ्चकली घर्ती मगर, तारा गाहा र दिलसरी कँडेललाई अधिवेशनले निर्वाचित गरेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर नेपालीको प्रमुख आथित्यतता र महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीको अध्यक्षतामा शुरु भएको अधिवेशनमा, विशेष अथिति गुर्भाकोट नगरपालिका–८ नम्वरका वडाध्यक्ष किरणकुमार विक, ९ नम्वरका वडाध्यक्ष ज्ञानबहादुर खत्री, ८ नम्वरका पूर्व वडाध्यक्ष प्रेमप्रकाश ओली, वडा सदस्यद्वय ज्ञानबहादुर डाँगी र मिना विकले नवनिर्वाचित दुबै कार्य समितिलाई हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश महिला उद्यमी समिति महासचिव नन्दकली राना, महासंघ सुर्खेत जिल्लाका उपाध्यक्ष पविलाल पोखरेल, सुर्खेत जिल्ला महिला उद्यमी समिति महासचिव खिमा सोती मगर, सुर्खेत जिल्ला सदस्यद्वय ओमप्रसाद शर्मा र सुष्मा मल्ल र भेरीगंगा नगर महासंघका पूर्व अध्यक्ष रगवीर मिजारलगायतले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाईसँगै कार्यकाल सफलताको शुभकाना दिएका थिए ।

कार्यक्रममा लघु घरेलु तथा साना उद्योगको विकासका लागि लघु घरेलु तथा साना उद्यमी नै अगाडि पर्ने बेला आएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर नेपालीले जिकिर गरे ।

Translate »