आजदेखि कर्णालीको बजेट अधिवेशन

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन आज बाट शुरु हुँदैछ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताए । उनले चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने अपेक्षासहित आगामी वर्षको बजेटको अंक बढेर आउने जनाए ।

उनका अनुसार प्रदेश सरकारले सोहीबमोजिम सबै मन्त्रालयलाई बजेट सिलिङ बढाएर पठाउन निर्देशन गरेको छ । आउँदो बजेटमा पूर्वाधारसँगै रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री उनको भनाई छ ।

प्रदेश सरकारले आयोजना छनौटमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ ।

 

Translate »