उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्षमा राउत निर्वाचित


सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर राउत निर्वाचित भएका छन् । महासंघ कर्णाली प्रदेशको आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न नवौं प्रदेश सभाले रावतलाई निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित कर्णाली प्रदेश अध्यक्ष रावत सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । सभाले प्रदेश समितिको उपाध्यक्षमा सुधन श्रेष्ठ (जिल्ला नगर), कुलबहादुर विक (एशोसिएट) प्रेमबहादुर भण्डारी (वस्तुगत) कोषाध्यक्ष कमल नेपाललाई निर्वाचित गरेको छ ।

त्यस्तै सभाले सदस्यहरु तर्फ लक्ष्मी कार्की, कुमार प्याकुरेल, राजेन्द्रबहादुर भण्डारी, पवित्रा खड्का र दिपेन्द्रबहादुर खड्का (जिल्ला, नगर) तथा सुन्दर शाही (एशोसिएट) एवं सरिता रावल (बस्तुगत) लाई निर्वाचित गरेको हो ।
महासंघको केन्द्रीय साधारण सभा आगामी २९ र ३० गते तोकिएको छ । केन्द्रमा अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छट्टाछुट्टै समूह निर्माण गरी निर्वाचन प्रचार–प्रसारलाई तीव्रता दिइरहेका छन् ।


