टेलिकमद्वारा कर्णालीका सात विद्यालयलाई ६ सय २४ वटा ब्याग वितरण


सुर्खेत । नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सात वटा सामुदायिक विद्यालयलाई स्कूल व्याग वितरण गरेको छ ।
टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णालीका विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले ६ सय २४ वटा स्कूल व्याग वितरण गरेको हो ।

श्री त्रिवेणी संगम माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका–१, चुप्रा दैलेख, श्री सीता जनसहयोग माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका–४, अवलपराजुल दैलेख, श्री बागेश्वरी माध्यमिक विद्यालय सिम्ता गाउँपालिका–६, राकम सुर्खेत, श्री लक्ष्मी माध्यमिक विद्यालय गुराँस गाउँपालिका–४, रतिखोला, दैलेख, र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शिवालय गाउँपालिका–१, स्यापी जाजरकोटमा स्कूल वितरण भईसकेको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका सहायक व्यापार अधिकृत अनिल ढकालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष भित्रै श्री हिमज्योती माध्यमिक विद्यालय सर्केगाड गाउँपालिका हुम्ला र श्री बानादेव आधारभूत विद्यालय ताँजाकोट गाउँपालिका–३, मासपुर हुम्लालाई स्कूल ब्याग वितरण गर्ने तयारी गरिएको छ ।

