झूटो र अनुचित सामग्री प्रसारण गरेको भन्दै चीनले लगायो बीबीसी न्यूज प्रसारणमा प्रतिबन्ध
माघ ३०, पेचिङ ।
झूटो र अनुचित सामग्री प्रसारण गरेको भन्दै चीनले बीबीसी वर्ल्ड न्यूजको प्रसारणमा प्रतिबन्ध लगाएको छ । चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जानकारी दिएको छ । कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङको चीनले आलोचना गरेको छ । बीबीसीले चिनियाँ सरकारको निर्णयबाट निराश भएको प्रतिक्रिया दिएको छ । एजेन्सी