१ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लैजान लागेको   १ लाख (१ सय दरको १ हजार थान)चिनियाँ युआनसहित चिनियाँ नागरिक  होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाईएको प्रहरीले जनाएको छ । आर्थिक अभियान

Translate »