भ्रमण ईजात विना नै अछामको रामारोशनमा एकैपटक १२ बढी देशका नागरिक

अछाम । भ्रमण ईजात विना नै अछामको रामारोशनमा एकैपटक १२ बढी देशका नागरिक आएका छन् । जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा एकै दिन विभिन्न १२ भन्दा बढी देशका नागरिक भ्रमण इजाजत विना नै आएपछि समस्या भएको हो । सुन्दर पर्यटकीय क्षेत्र रामारोश अवलोकन गर्न विभिन्न देशका नागरिक रामारोशन क्षेत्र आएको स्थानीयले बताएका छन् । यसरी एक/दुई दिनमै ठूलो संख्यामा विदेशी नागरिक आउन थालेपछि स्थानीय व्यवसायी खुशी भएका हुन् ।
तर सरकारी इजाजत बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगाइएको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकिएको अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
हाल रामारोशनमा भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रसिया, स्वीडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मनी र थाइल्यान्ड लगायत देशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

रामारोशन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउनु स्वभाविक हो तर सरकारी इजाजत नहुँदा समस्या भएको हो। पर्यटकलाई सहज रामारोशन घुम्ने वातावरण मिलाउन स्थानीयले अनुरोध गरेपनि काजगपत्र नहुँदा समस्या भएको छ ।
स्थानीय सरकारलाईसमेत कुनै जनकारी नभएको रामारोशन गाँउपालिका उपाध्यक्ष सृजना बुढाले बताईन् । आफुहरु रामरोशनको अवलोकन गर्न आएको बताउँदै आफुहरुको संख्या दुई हजार बढी रहेको हुँदा अन्य थप आउँदै गरेको ती मध्येका एक जना बिदेशी नागरिकले बताए । नेपालटिभि अनलाईन