सुनको मूल्य बढ्यो

काठमाडौं ।  नेपाली बजारमा बिहीवार सुनको मूल्य तोलाको ७०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । गत आइतवार १ लाख १७ हजारमा कारोवार भएको सुनको मूल्य २ दिनमा २ हजार रुपैयाँले घट्दै बुधवार १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८६ डलरमा कारोबार भइरहेको छ ।

Translate »