प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख जम्मा

काठमाडौं ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

राजनीतिक दल, ठूला कम्पनी तथा विदेशबाट समेत उक्त कोषमा रकम जम्मा भएको थियो ।

Translate »