मंन्दीमा पनि छलांङ्ग लगाउँँदै ‘सगम सहकारी’

प्रस्तावित आयव्यय ३ करोड बढी

 

सुर्खेत । सानो पूँजीबाट कारोवार शुरु गरेको संगम वचत तथा ऋण सहकारी संस्थाले आर्थिक मंन्दीका वावजुद उत्कृष्ट कार्य गर्न सफल भएको छ । महिलाहरुको बाहुल्यता रहेको संगम सहकारीले आफ्ना समकक्षी सहकारी भन्दा बढी छलांङ्ग लगाउँँदै शनिबार सोह्रौं वार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष डिलाकुमारी भट्टराईको अध्यक्षतामा र जिल्ला सहकारी संस्थाका ब्यवस्थापक ढाकाराम न्यौपानेको प्रमुख आतित्थ्यतामा भएको सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को संशोधित नीति कार्यक्रमसँगै आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तावित कार्यकमहरु पेश गरिएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक वर्ष २०७९/०८० को यथार्थ आय–व्यय रु. २ करोड २८ लाख २९ हजार ६८१ र आर्थिक वर्ष २०८०/०८१ को संशोधित आय–व्यय रु. ३, करोड २ लाख ३६ हजार ९८० तथा आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तावित आय–व्यय रु. ३ करोड ३२ लाख ५६ हजार ६७८ प्रस्तुत गरेका थिए ।

संस्थाको वार्षिक कार्यक्रम अनुसार शैक्षिक सत्र २०७८ सालको एस.इ.इ.मा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरी मध्ये एक/ एक जना छात्र छात्रालाई पुरस्कृत तथा सम्मान गरिएको छ । छात्रातर्फ शेयर सदस्य विवेक कुमार शाहीको छोरी गरिमा शाही (३.६५जिपिए) र छात्र तर्फ शेयर सदस्य सरिता श्रेष्ठको छोरा सलिन श्रेष्ठलाई उच्च शिक्षा सफलताको कामना सहित पुरस्कृत तथा सम्मान गरिएको छ ।

यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० मा असल वचत र उद्धमी सदस्य पुरस्कृत तथा सम्मान कार्यक्रम अन्तर्गत असल मासिक बचत शेयर सदस्य टीका ज्ञवाली, असल बालबचतकर्ता निशु गिरीलाई पुरस्कृत तथा जेष्ठ सदस्य पार्वती भट्टराई र शेरबहादुर खड्कालाई सम्मान गरेको हो ।

साधारण सभामा प्रमुख अतिथि ढाकाराम न्यौपानेले शेयर सदस्यले एक÷एक पैसा गरी जम्मा गरेको बचत रकमलाई सञ्चालकले साधारण सभाको निर्णय तथा संस्थाको नीति नियम अनुसार दैनिकरुपमा बचत संकलन, शेयर सदस्यलाई ऋण लगानी तथा असुली गर्नु समितिको दायित्व हुने बताए ।

शेयर सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि सर्वसुलभ व्याजदरमा आर्थिक सापटी प्रदान गर्दै सदस्यको आवश्यकता पूरा गर्नु सहकारीको उदेश्य रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा समेत यस संगम सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर सुधारको बाटोमा समाजमा एउटा खम्बाको रुपमा प्रतिविम्वित हुनु सुझाव दिए ।

सभाका अतिथि मोतिप्रसाद सापकोटाले शेयर सदस्यले आफ्ना दैनिक खर्च कटाई एक÷एक गरी जम्मा गरेको रकम कहाँ कसरी प्रयोग भएको छ भनि लेखाजोखा गर्ने काम शेयर सदस्य भएको जिकिर गरे ।

उनले वर्षको एक पटक साधारण सभामा मात्र होइन हरेक दिन संस्थामा उपस्थित भइ खोजी नीति गर्नु संस्थाको हितमा समेत हुने बताए । सभामा गंगाराम भट्टराई , विष्णु ज्ञवालीलगायतले संस्थाको सफलताको शुभकामना दिएको संस्थाका संस्थापक सल्लाहकार कांशीराम भट्टराईले जानकारी दिए ।

Translate »