सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कर्णालीका कानून मन्त्री जिसीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णालीका नागरिकको मागलाई ध्यानमा राख्दै सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमसँग आग्रह गरेका छन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीको भौगोलिक विकटतासहित प्राकृति विपद् भइरहने भएकाले सरकारको उपस्थिति देखाउन पनि नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाहमा कमि हुन नदिन सुझाव दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले सेवाको विक्री पछिको मर्मत सम्भारलाई समेत थप चुस्त तथा प्रभावकारी बनाउन नेपाल टेलिकमसँग आग्रह गरे । कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख उमेशप्रसाद साहले प्रविधिको तीव्र विकाससँगै नीजि क्षेत्रसँगको कडा प्रतिस्पर्धाले नेपाल टेलिकमले समय सापेक्ष सर्व सुलभ तथा गुणस्तर सेवामा केन्द्रित रहेको बताए ।

‘टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेशागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्छ ।’ उनले कर्णालीका दश मध्ये ७ जिल्लामा एफटीटीएच सेवा विस्तार गरी एउटै लाईनबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट, र टेलिभिजन सञ्चालन गर्न सफल भएको बताए ।


उनले ५ हजार ६ सय १६ टेलिफोन लाईन, ८ हजार ३ सय ७३ डाटा, तथा ८ सय ५८ एनटीटीभी स्थापना गरी बाँकी तीन जिल्ला मध्ये आउँदो बैशाखसम्म डोल्पा र मुगुमा एफटीपीएच सेवा पु¥याउने लक्ष्य राखिएको जनाए । उनका अनुसार वायरलेस प्रविधि अन्तर्गत कर्णाली प्रदेशभरी २ सय ६४ वीटीएस मार्फत टुजी, थ्रीजी र फोरजी/एलटीई सेवा सञ्चालनमा रहेको छ ।

कार्यक्रममा नेपाल टेलिकममा २० वर्ष भन्दा बढी सेवा गर्ने प्रेमकुमार गिरी, युवराज पौडेल, बिमल पोखरेल र राजेन्द्रकुमार गिरीलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको छ । टेलिकमको कर्णाली प्रादेशिक कार्यालय अन्तर्गत कार्यालयहरु मध्ये एफटीटीएच सेवा वितरणमा उत्कृष्ठ कार्य गरे वापत दुरसञ्चार कार्यालय कालिकोटलाई सम्मानित गरिएको छ ।

त्यस्तै कर्णाली प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुमा काम गर्ने कर्मचारी मध्ये उत्कृष्ठ कर्मचारी नवराज भट्टराई (टेलिकम टेक्निसियन) डोल्पा र राजेन्द्रदेव पुरी (टेलिकम टेक्निसियन) सुर्खेतलाई सम्मान गरिएको सुर्खेत कार्यालय प्रमुख सुष्मा गौतमले जानकारी दिईन् । उनले वार्षिकउत्सवकै अवसरमा आयोजित फुटसल तथा घैटो फोड प्रतियोगिताका विजेताहरुलाई समेत सम्मान गरिएको बताईन् ।

उनका अनुसार नेपाल टेलिकमका डिलर तर्फ कर्णाली सबै भन्दा धेरै सिम तथा रिचार्ड कार्ड विक्री गर्ने ग्यालेक्सी इन्टरनेशनल टे«ड सेन्टर प्रालि नेपालगञ्जलाई पुरस्कृत गरिएको छ । त्यस्तै रुद्रप्रिया इन्टरनेशनल टे«ड सेन्टर प्रालि नेपालगञ्ज, रहमान जिशान प्रालि नेपालगञ्ज र एमपी इन्टरप्राईजेज प्रालि नेपालगञ्जलाई समेत पुरस्कृत गरिएको थियो ।

Translate »