भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो । प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो ।
अब मन्त्रीस्तरिय निर्णय गर्दै भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ । साथै बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको छ ।
भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको छ । (नागरिक न्यूज)