कसरी चिन्ने नक्कली नोट ?

काठमाडौं ।  कुनै बेला नक्कली नोटको बिगबिगी चल्छ। राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ। राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।

  • आँखाले देख्न सकिने केही विशेषताहरूको नोटमा रहेका हुन्छन् । यसबारे पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ।

जस्तै : सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ। नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रूपमा देखिंदैन ।

  • सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा ल्च्ए लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ ।
  • सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन ।
  • सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ । राष्ट्र बैंकको सहयोगमा
Translate »