केन्याको गाउँमा आकाशबाट खसेको ५०० केजीको यो वस्तु कसको हो ?

नाइरोबी । केन्याली अन्तरिक्ष निकायका विशेषज्ञहरू केन्याको एउटा गाउँमा आकाशबाट खसेको धातुको ५०० केजीजति तौल भएको एउटा ‘रिङ’ बारे तथ्य पत्ता लगाउने प्रयासमा छन् ।

अन्तरिक्षमा पठाइएको मानवनिर्मित वस्तुको अवशेष भन्ठानिएको उक्त ‘रिङ’ राजधानी नाइरोबीबाट १२० किलोमिटर टाढा अवस्थित मुकुकु गाउँको एउटा झाडीमा खस्दा कसैलाई पनि केही भएन ।

देशको अन्तरिक्ष निकायले उक्त वस्तु अन्तरिक्षमा प्रक्षेपण गरिएको कुनै रकेटको भाग भएको अनुमान गरेको छ। तर त्यो कसको स्वामित्वमा थियो भन्ने पत्ता भने लागिसकेको छैन । वीवीसी

Translate »