भारतको बैंगलोरमा सात बर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

बैंगलोर (भारत) । भारतको बैंगलोरमा सात बर्षीया एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बैंगलोरको बानसबाडीमा निर्माणाधिन अपार्टमेन्टमा चौकीदारको काम गर्दै आएका आफ्ना मातापितासँगै कोठामा बस्दै आएकी कालीकोटको नरहरिनाथ गाउँपालिका–४, रुपसा अदेलाकी ७ वर्षीया रश्मी बोकटीको बलात्कारपछि हत्या भएको हो ।

बलात्कारपछि हत्या आरोपमा बैंगलोरको राममूर्ति नगर थाना प्रहरीले सोही निर्माणाधिन अपार्टमेन्टमा मजदुरी गर्ने २५ वर्षिय अभिषेक कुमार सहित तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाईएको जनाएको छ । राममूर्ति नगर थाना प्रहरीका अनुसार कालीकोट नरहरिनाथका देबेन्द्र बोकटी र उनकी श्रीमती सुशीला कुँवर (बोकटी) दम्पती आफ्ना ३ सन्तान सहित निर्माणाधिन अपार्टमेन्टको सानो कोठामा जीवनयापन गरिरहेका थिए ।

पुसको २९ गते विहान १० बजेतिर सोही निर्माणाधिन अपार्टमेन्टमा मजदूरी गर्ने युवक अभिषेक कुमारले मृत्तक बालिकाका बाआमा बाहिर गएको मौका छोपेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको थियो । त्यसअघि मृत्तक बालिकाका एक भाई र बहिनीलाई कोठा बाहिर राखेर भित्र घाटी निमोठिरहेको अवस्थामा मृत्तककी आमाले देखेपछि आरोपित अभिषेक भाग्न खोजेपछि बाहिरबाट ढोकाको चुँगुल लगाउन सफल भएकी थिईन् ।

मृत्तककी आमाले आफ्ना पतिलाई घटनाबारे जानकारी दिए लगतै नेपाली समुदायसँगै प्रहरी समेत घटनास्थल आईपुगेको थियो । राममूर्ति नगर थाना प्रहरीले रश्मीलाई अस्पताल पु¥याएपनि डाक्टरले मृत्त घोषणा गरेको बैंगलोर स्थित नेपाली समाजसेवी कृष्णा कँडेलले बताईन् । उनले नेपाली नाबालिका माथि भएको विभत्स घटनाले आक्रोसित नेपाली समुदायले दोषीलाई कानून सम्वत हदैसम्मको कार्वाहीको माग गर्दै आन्दोलित भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठीचार्ज गरेको जनाईन् ।

उनका अनुसार प्रहरीको लाठीचार्जबाट नेपाली समुदायका करिब ५० जना घाईते भएका थिए । एक हजार बढी नेपाली समुदायको भीडलाई संयमित र शान्ति बनाई राख्न नेपाली युवा यातायात ब्यवसायी मिनेश रावलले आग्रह गरेपछि स्थिती शान्त बनेको स्काई न्यूजका भारत व्यूरो प्रमुख टेकनारायण पौडेलले जानकारी दिए ।

उनले प्रहरीलाई सहजीकरण गर्दै मुचुल्का उठाउनेदेखि हस्पिटलमा पोस्टमार्टम, दाहसंस्कार र पीडित परिवारलाई कुर्नेसम्म युवा समाजसेवी तारा क्षेत्रीले गरेको बताए । उनका अनुसार आज बैंगलोरको राममूर्ति नगर थाना प्रहरीले आरोपित अभिषेक कुमारसहित तीन जनालाई अदालत समक्ष पेश गरेको छ ।

यसैवीच भारत स्थित नेपाली दुतावासका निमित्त प्रमुख डा. सुरेन्द्र थापाले नेपाली नाबालिका माथि भएको जघन्य अपराधप्रति चिन्तित हुँदै पीडितको न्यायका लागि भारत सरकार समक्ष आवश्यक कानूनी कार्वाहीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कार्वाही र पीडित परिवारलाई राहतका लागि आवश्यक पहल शुरु गरिएको बताए ।

Translate »