२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

रारा विमानस्थलबाट पुनः हवाई उडान सुरु



मुगु । मुगुको रारा विमानस्थलबाट पुनः हवाई उडान शुरु भएको छ । आज समिट, तारा र एयरले १/१ वटा उडान भरेका छन्। बढ्दो हवाई दुर्घटना लाई न्यूनिकरण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १४ गते अपराह्न १२ बजेपछि उडान भर्न बन्द गर्ने निर्णय गरेपछि विशेष गरि दुर्गम तथा हिमाली भेगका नागरिकहरु मर्कामा परेका थिए ।

वर्षातको समयमा हिमाली तथा पहाडी जिल्लाहरुमा बिहान पख कुहिरो लाग्ने र मौसम सफा नहुने भएकाले दिउँसो १२ बजे पछि मात्र मौसम सफा हुने हुँदा प्राधिकरणलाई आफ्नो निर्णयमा पुर्नविचार गर्न स्थानीयले माग गर्दै आईरहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व निर्धारित निर्णयलाई फेरबदल गरी अतिरिक्त समयमा पनि उडान भर्न पाउने निर्णय गरेपछि शुक्रवार बाट मुगुको रारा विमानस्थल ताल्चामा २ वटा एयरलाइन्सले उडान भरेका हुन् ।

हवाई उडान पुन शुरु भएपछि मुगु र नेपालगन्जमा थन्किएका यात्रुहरूले हवाई यात्रा गर्न पाएका छन् । वर्षातको समयमा सडक मार्गबाट यात्रा गर्दा बाटोमा विभिन्न किसिमका सास्तीहरू खेप्नु पर्ने भएकाले यात्रुहरू हवाई मार्ग नै रुचाउने गरेका छन् ।

प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार
Translate »