२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 27, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राती १२ बजेबाट लागु हुने गरी फिर्ता



काठमाडौँ । नेपाल आयल निगमले गए रातीदेखि लागु भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राती १२ बजेबाट लागु हुने गरी फिर्ता गरिएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम पुरानै मूल्य यथावत् रहनेगरी बढेको मूल्यवृद्धि फिर्ता गरिएको आयल निगमबाट जारी विज्ञाप्तीमा उल्लेख छ ।

नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि फिर्ता गरिएको पनि आयल निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार
Translate »