२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 27, 2026

राष्ट्र बैङ्क नेपालगन्जबाट साटियो १८ करोड ९६ लाख नयाँ नोट



बाँके । दशैँका लागि १८ करोड ९६ लाख नयाँ नोट सर्वसाधारण नागरिकले नेपाल राष्ट्र बैङ्कको नेपालगन्जस्थित प्रादेशिक कार्यालयबाट साटेका छन् । गत असोज २९ गतेदेखी कात्तिक ३ गतेसम्म बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो ।

राष्ट्र बैङ्क नेपालगन्जका प्रमुख ९निर्देशक० गिरिजाप्रसाद कोइरालाले दशैँका लागि सर्वसाधारण नागरिकले १८ करोड ९६ लाख रुपैयाँ साटेर लगेको जानकारी दिनुभएको छ। बैंकले विगतभन्दा यसपटक फरक तरिकाले नोट साट्ने व्यवस्था मिलाएको थियो । सर्वसाधारणको सहजताका लागि बैंकले यसपटक क्युआर कोडमार्फत पनि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

सर्वसाधारणले क्युआर कोडमार्फत मात्रै ५ करोड ६ लाख नयाँ नोट साटेर लगेको निर्देशक कोइरालाले बताए । राष्ट्र बैंकले सर्वसाधारणलाई एक सय, पचास, बीस, दश र पाँच रुपैयाँका नोट गरी कुल १८ हजार ५ सय रुपैयाँ बराबर (एक सेट) नोट उपलब्ध गराएको छ ।

राष्ट्र बैङ्क नेपालगन्जबाट मात्रै यसपटक करिब १० हजार जना सर्वसाधारण नागरिकले सेवा लिएको बताइएको छ । यसमध्ये क्युआर कोडमार्फत २ हजार २ सय ९३ जनाले सेवा लिएका छन् ।

 

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार
Translate »