२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 27, 2026

आज एकैदिन प्रतितोला २४ सयले घट्यो सुनको मूल्य



काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य मंगलवार भने घटेको छ । आज एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३ डलरमा कारोबार हुँदैछ ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
Translate »