२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 27, 2026

च्याट जिपिटीको मातृ कम्पनीले ल्यायो नयाँ टूल, लेखेको आधारमा भिडियो बनाइदिने



आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ । मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ । च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले ल्याएको सोरा टूल एउटा टेक्स्ट टू भिडियो टूल हो ।

सोरा यस्तो टूल हो जसले लेखेर दिएका सामाग्रीको आधारमा तुरुन्तै भिडियो तयार गरिदिन्छ ।जसरी च्याट जिपिटीमा हामीले लेखेर प्रश्न सोध्न सक्छौं, उसैगरी सोरामा तपाईंले लेखेर भिडियो बनाउन सक्नुहुन्छ । अब सोराको प्रतिस्पर्धा मिडजर्नी जस्ता टेक्स्ट टू भिडियो एआई टूलसँग हुने देखिन्छ । यद्यपि गुगल, मेटा तथा स्टार्टअप रनवेले पनि यस्तै प्लाटर्फम ल्याउने प्रयास यसअघि नै गरिसकेका छन् ।

यद्यपि हाल यो टूल आम प्रयोगकर्ताका लागि भने उपलब्ध भैसकेको छ । यो टूललाई कहिलेदेखि आम प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भन्नेबारेमा ओपन एआईले केही पनि खुलाएको छैन । यो तत्कालका लागि रेड टिमका लागि मात्र उपलब्ध गराइएको ओपन एआईका सीईओ साम अल्टम्यानले जनाएका छन् ।

यो टिमले एआई सिस्टमका कमजोरीहरु खोजेर पृष्ठपोषण दिने गर्दछ । साथै सोरालाई सिर्जनशील व्यवसायिक व्यक्तिहरुका लागि समेत थप फलदायी बनाउनका लागि विभिन्न भिजुअल आर्टिस्ट, डिजाइनर तथा फिल्म निर्माताहरुलाई पनि पृष्ठपोषणका लागि सोरा टुल उपलब्ध गराएको ओपन एआईले जनाएको छ ।

सोराले प्रयोगकर्ताका लेख्य सामग्रीको आधारमा विभिन्न पात्रहरु युक्त भिडियो बनाउन सक्दछ । यसका अलावा यसले भिडियोमा विशेष इफेक्ट तथा अनेक सटहरु पनि प्रयोग गर्दछ । यसले तस्वीरलाई एनिमेसनमा पनि परिणत गर्न सक्दछ ।

एक ब्लग पोस्टमा ओपन एआईले टोकियोको सडकमा हिंडिरहेकी एक युवतीको बारेमा उल्लेख गरेको छ र सोही बमोजिम सोराले बनाएको भिडियो राखेको छ । त्यस्तै प्राचीन क्यालिफोर्नियाको फुटेज तथा ओरालो बाटोमा तिव वेगमा कुदिरहेको गाडी लगायतका शब्दमा पनि सोराले भिडियो तयार पारेको छ । (एजेन्सी)

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार
Translate »