२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

भन्सार छलीका सामान बरामद



बाँके । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, भन्सार छली ल्याएको माउन्टेन डिउ नामक पिय पदार्थ, चामल, केराउ, थानको कपडालगायत १ लाख १४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

सामान बरामद गरी आवश्यक कार्वाहीका लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार
Translate »