

हुम्ला । हुम्ला प्रहरीले ठूलो परिणाममा अबैध चिनियाँ मदिरा बरामद गरेको छ ।
प्रहरीले विहीवार नाम्खा गाउँपालिका–२, नावलथाङबाट ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको हो । प्रहरीका अनुसार ५९४ वटा कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर ४ हजार ६५६ बोतल गरी ५१ लाख ९३ हजार ६०० रुपैयाँ बराबरको चिनियाँ मदिरा बरामद गरिएको हो ।

लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिणामको अवैध चिनियाँ मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (डीएसपी) शंकर खडकाले बताए । उनले अवैध मदिरा प्रतिबोतलको अनुमानित बजार दर ५०० सय र बडवाइजर बियरको ३५० मूल्य रहेको जनाए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरु रोहवरमा उक्त मदिरा बरामद गरिएको सूचना अधिकारी (प्रहरी निरीक्षक) युवराज ढकालले बताए ।










