२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सुर्खेतमा सुपर मार्केटको शुभारम्भ



असोज ११, सुर्खेत ।
पहिलो पटक सुर्खेतमा सुपर मार्केट सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारका वन, पर्यटन तथा उद्योग मन्त्री नन्दसिंह बुढाले शनिबार वीरेन्द्रनगरमा एक भव्य कार्यक्रमका वीच सुपर मार्केटको शुभारम्भ गरेका छन् । मन्त्री बुढाले प्रदेशको समृद्धिका लागि औद्योगिक वातावरण आवश्यक रहेकोले उद्योग स्थापना गर्न उद्यमीलाई आव्हान गरे । उनले कर्णालीमा पर्याप्त कच्चा पदार्थको भण्डारण रहेकाले आफ्नै स्रोत साधनमा आधारित उद्योग सञ्चालन गर्न सुझाव दिए । ‘प्रदेशमा उद्योग सञ्चालनमा ल्याउने वातावरण सरकारले बनाई दिएको छ,’ उनले भने, ‘उद्योग स्थापनाले रोजगार सृजना हुनुका साथै प्रदेश आत्मनिर्भर भएर समृद्ध बन्छ ।’


कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्षमण कँडेलले प्रदेशको समृद्धिका लागि नीजि क्षेत्र हरेक स्तरबाट सहकार्य गर्न तयार रहेको बताए । उनले सरकारबाट व्यवसाय तथा उद्योगमैत्री वातावरणलाई निरन्तरता दिन सके नीजि क्षेत्र जोखिम मोलेरै भएपनि उद्योग धन्दा विस्तार गर्न सकिने सम्भावना रहेको बताए । प्रदेशको राजधानीमा सुपर मार्केट जस्ता उपभोक्तामैत्री बजारहरु थप विस्तार गर्न समेत आवश्यक रहेको उनको भनाइ थियो ।


सुपर मार्केटका अध्यक्ष दानबहादुर जिसीले कर्णालीको समृद्धिका लागि नीजि लगानी विस्तार गरि सरकारलाई नै योगदान पु¥याउन सुपर मार्केट सञ्चालनमा ल्याईएको जिकिर गरे । ‘व्यापारिक प्रयोजनका लागि गरिने कार्य सबै नाफाका लागि हुन्छन्,यो सत्य हो,’ उनले भने, ‘सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै बढ्दो कोठा भाडालाई सुपथ बनाउँदै किफायती मूल्यमा थोक तथा फुटकर वस्तुहरु एकै ठाउँबाट उपभोक्तालाई उपलब्ध गराउन सुपर मार्केट सञ्चालनमा ल्याएका हौं ।’ उनले उपभोक्ताको हक, हित र अधिकारलाई सुरक्षित तथा सम्मान गर्दे सहुलियत मूल्यमा विभिन्न सेवा तथा वस्तुहरु एकै स्थानबाट उपलब्ध गराईएको जानकारी दिए । उनका अनुसार सुपर मार्केटमा मासु तथा तरकारी जन्य वस्तु बाहेक अरु सबै वस्तुहरुको विक्री वितरण गरिने छ । करिब १२ कट्ठा क्षेत्रफलमा रहेको सुपर मार्केटमा १ सय वटा सटरहरु रहेका छन् । सुपरमार्केट भित्र पाउने प्रत्येक वस्तुको मूल्यमा एकरुपता ल्याएको छ । सुपर मार्केटमा फेन्सी, रेष्टुरेण्टदेखि डिपार्टमेण्ट स्टोरसम्म रहेका छन् । दशैं तिहार जस्ता पर्वहरुलाई मध्यनजर गरेर सुपर मार्केटमा स्किम समेत ल्याइएको सञ्चालकहरु बताउँछन् । सुपर मार्केट शुभारम्भका अवसरमा प्रसिद्ध कलाकारहरु ज्योति मगर, रामजी खाँड, शिव संगीतलगायतले सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार
Translate »