२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

भारतको गुजरातमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु



काठमाडौं । भारतको गुजरातको पोरबन्दरस्थित तटरक्षक बलको विमानस्थलमा शुक्रबार भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटना पोरबन्दरको तटरक्षक बल (कोस्ट गार्ड) एयर एन्क्लेभमा भएको हो। भारतीय तटरक्षक बलको एएलएच ध्रुव हेलिकप्टर नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको बताइएको छ।

हेलिकप्टरमा दुई पाइलटसहित पाँच जना सवार थिए। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार घटना शुक्रबार दिउँसो १२:३० बजे पोर्ट ब्लेयर नेशनल हाइवे नजिकै विमानस्थलको आसपासमा भएको हो।दुर्घटना प्राविधिक खराबीका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

दुर्घटनामा मृत्यु भएका तीन जनाको शव निकालिएको छ। घाइते दुई जनालाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ। एजेन्सी

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार
Translate »