नेपाल रुपान्तरणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण छ : सूदूरपश्चिम सभापति विष्ट

टेकनारायण पौडेल/बैंगलोर (भारत) । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा प्रवासी नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रवासी नेपाली सम्पर्क मञ्च कर्नाटक राज्य समितिको प्रथम भेलालाई आइतबार बैंगलोरमा सम्बोधन गर्दै उनले नव नेपाल निर्माणमा प्रवासी नेपालीको सशक्त प्रतिबद्धतासँगै आपसी एकता अपरिहार्य बन्दै गईरहेको बताएका हुन् । प्रवासी नेपालीको उत्थानका लागि नेपाल सवल र सक्षम बन्न आवश्यक रहेको औल्याउँदै उनले नेपालप्रतिको जिम्मेवारी प्रवासी नेपालीलाई नभुल्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशका सह-महामन्त्री हरिप्रसाद अधिकारी, सूदूरपश्चिम प्रदेश सह-महामन्त्री सन्तोष जोशी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका भारत तथा दक्षिण एसिया इन्चार्ज रतन बिश्वकर्माले सबल तथा सक्षम नेतृत्व उत्पादनका लागि संघ, संगठनको भूमिका महत्वपूर्ण हुने हुँदा सबै प्रवासी नेपाललाई सम्पर्क मञ्चमा गोलबन्द हुन आव्हान गरे ।

उनीहरुले प्रवासी नेपालीहरुको हक, हित तथा अधिकारका लागि सम्पर्क मञ्चले पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा आउने चुनौतीहरुको साम्ना गर्न अहिलेदेखि तयारी आवश्यक रहेको औल्याए ।

मञ्चका कर्नाटक राज्य समितिका अध्यक्ष दिपक आचार्यको सभापतित्वमा भएको कार्यक्रममा मञ्चका कर्नाटक उपसभापति प्रेम साउदले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम छबिराज बास्तोला, कृष्णा कँडेल, दलबहादुर बोहरा, पहल एन्जि, चन्द्रा सुवेदीलगायत प्रवासी नेताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।

भेलामा सगरमाथा रोधी घरबाट आएका कलाकारहरुले सांस्कृति मनोरञ्जन प्रदान गरेका थिए । कर्नाटकका विभिन्न जिल्लाबाट सहभागि प्रतिनिधि तथा पर्यवेक्षकहरूले मञ्चको भावि रणनीतिसँगै गतिविधिबारे ठोस बनाउने निर्णय गर्दै सबैलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । –टेकनारायण पौडेल स्काई न्यूज दैनिकका भारत प्रवास व्यूरो प्रमुख हुन् ।

Translate »