हमासको कैदबाट मुक्त भएका चार इजरायली महिलाको मुहारमा खुसी

काठमाडौं । हमासले इजरायलका चार महिला बन्धकलाई रिहा गरेको छ। बन्धकहरू इजरायल आइपुगेका छन् । फलस्तीनी सवारी साधनबाट ओर्लिएपछि ती महिलाहरूलाई एक मञ्चमा ल्याइएको थियो ।

हमासका अनुसार ती चार महिला बन्धक इजरायली सैनिक हुन् । उनीहरूका नाम करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी, र लिरी अल्बाग रहेको छ । बन्धकहरूको रिहाइपछि तेल अवीवमा खुसीको वातावरण छाएको छ । आफ्ना प्रियजनको प्रतीक्षामा परिजनहरू लामो समयदेखि उभिएका थिए।

इजरायली सञ्चारमाध्यमका अनुसार बन्धकका परिवारजन गाजाको सीमामा पुगेर आफ्ना आफन्तलाई स्वागत गर्न प्रतीक्षा गरिरहेका थिए । सीमामा पुगेपछि बन्धकहरूलाई इजरायली वायु सेनाले लैजाने तयारी गरिएको छ । त्यसका लागि सीमामा हेलिकप्टर तयार अवस्थामा राखिएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले चार बन्धकलाई रेड क्रसद्वारा बुझाइएको पुष्टि गरेको छ । केही समयमै ती बन्धकहरूलाई इजरायल ल्याइनेछ । इजरायलले हमाससँगको सम्झौताअनुसार यसको बदला फलस्तीनी कैदीहरूलाई रिहा गर्नेछ । एजेन्सी

Translate »