भारत–पाकिस्तानबीच युद्धविराम

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीहरुले तत्काल लागू हुनेगरी पूर्ण युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराउनु भयो । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेको र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरे ।

छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार पाँच बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए ।

Translate »