भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये एक जना नाबालक पनि रहेका छन् ।

हेलिकप्टरमा सात जना सवार थिए । श्रद्धालुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो । सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालूहरु सवार थिए ।