

सुर्खेत । पश्चिम सुर्खेतका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल बेवारिसे भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलबाट ती बन्दुक बरामद गरेको हो । पश्चिम सुर्खेतका छुट्टाछुट्टै तीन स्थानका जंगलमा लुकाइछिपाई राखिएका १८ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७, सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका १ धामिसेनस्थित जंगलबाट–१२ नाल र बराहताल गाउँपालिका–१, ज्यामिरेस्थित जंगलबाट–१, नाल भरुवा बन्दुक फेला पारिएको हो ।
बरामद गरिएका बन्दुक कानुनी रीतपूर्वक बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाइछिपाइ राएिको थियो भन्ने बारेमा अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ ।











