

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगले बिहीबार प्रसाईलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । आयोगका अनुसार नयाँ दल २२५ नम्बरमा दर्ता भएको छ । प्रसाईले पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते गर्ने बताएका छन् ।

पार्टीका अनुसार यसको औपचारिक घोषणा कार्यक्रम आगामी ७ मंसिरमा झापाको दमकमा आयोजना हुनेछ ।
पार्टीले सम्पूर्ण राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई देश र जनताको हितमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार











